माओवादीको केन्द्रीय समिति बैठक आजदेखि,प्रत्यक्ष प्रसारण गरिने | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

माओवादीको केन्द्रीय समिति बैठक आजदेखि,प्रत्यक्ष प्रसारण गरिने

काठमाडौं, १७ साउन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । पार्टीले पहिलो पटक बैठकको प्रत्यक्ष प्रसारण गर्न लागेको हो ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठक अनलाइनमार्फत प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको थियो ।

यसअघि माओवादी केन्द्रीय समिति बैठकमा समूहगत छलफल हुने गरेको भएपनि यसपटक भने सबै केन्द्रीय सदस्यलाई बोल्न समय दिइने भएको हो । पार्टीलाई लोकतान्त्रिक पद्धतिबाट चलाइनुपर्छ भन्ने सबैको माग अनुसार यसपटक भने सबै केन्द्रीय सदस्यलाई छोटो समय उपलब्ध गराइने जनाइएको छ ।
केन्द्रीय समितिको बैठकमा एजेन्डा पेस गर्दै यसबारे थप निर्णय गरिने छ । त्यस्तै पार्टीको विधानअनुसार केन्द्रीय समितिमा महिला प्रतिनिधित्व ३५ प्रतिशत सुनिश्चित गर्ने निर्णय पनि भएको छ ।

यसपटक माओवादी केन्द्रीय समितिमा २३,२४ जना महिला सदस्य थपिनेछ । अब माओवादीको केन्द्रीय समितिमा कम्तीमा १४० जना महिला हुनेछन् भने केन्द्रीय समिति ४०७ सदस्यीय बन्नेछ । माओवादी केन्द्रीय समितिको बैठक यही साउन १७ गतेदेखि २१ गतेसम्म काठमाडौंमा बस्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);