सोविता गौतमले जितिन् योङ वल्र्ड पोलिटिसियन अफ द इयर अवार्ड | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

सोविता गौतमले जितिन् योङ वल्र्ड पोलिटिसियन अफ द इयर अवार्ड

काठमाडौं, ४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका युवा राजनीतिज्ञसँगै ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जित्नु भएको छ । सांसद गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अस्ट्रेलियाकी अयोर मकुर चुओट र न्युजिल्यान्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड जितेको आयोजक वन योङ वर्ल्डले जनाएको छ ।

वन योङ वर्ल्ड युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित बेलायती संस्था हो । अवार्डका लागि सोवितासँगै मनोनयनमा परेको विभिन्न देशका १५ सांसद, मेयरलगायतमध्येबाट सोभितासँगै पाँच जनालाई अवार्ड जितेका हुन् । सोविता गौतम नेपालकी सबैभन्दा कान्छी सांसद र रास्वपाको संस्थापक सदस्यको रूपमा छनोट हुनुभएको हो ।

संस्थाले नेतृ गौतमलाई आफ्नो भाषण सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै राजनीति उदाएकी पात्रको भएको चित्रण गरेको छ । संस्थाले हरेक वर्ष १८ देखि ३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञलाई यस्तो अवार्ड दिने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);