क्रसर उद्योग बन्द गराउने उद्देश्यले स्वार्थ समूहमार्फत मापदण्ड आयोः अध्यक्ष न्यौपाने | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

क्रसर उद्योग बन्द गराउने उद्देश्यले स्वार्थ समूहमार्फत मापदण्ड आयोः अध्यक्ष न्यौपाने

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले क्रसर उद्योग बन्द गराउने उद्देश्यले स्वार्थ समूहमार्फत मापदण्ड आएको बताउनुभएको छ ।

मंगलवार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हीत समिति बैठकमा बोल्दै अध्यक्ष न्यौपानेले बताउनुभएको हो । उहाँले क्रसर व्यवसायीहरुको बदनामी गर्ने ढङ्गले प्रशासन चलाउनेहरुबाट प्रचारप्रसार भएको बताउनु भयो। उहाँले क्रसर उद्योगहरु बन्द नै होस् भन्ने ढङ्गले स्वार्थ समूह लागि परेको विषयमा क्रसर व्यवसायी चिन्तित रहेको बताउनु भयो । अध्यक्ष न्यौपानेले निजी क्षेत्रको क्रसर उद्योग क्षेत्रमा करिव ४० अर्ब लगानी रहेको बताउनु भयो ।

उहाँले अझ मेसिनहरुमा लगाएको लगानी जोड्दा २ खर्ब बढी लगानी रहेको बताउनु भयो। उहाँले क्रसर उद्योगहरुले सरकारको कानूनी प्रक्रिया पूरा गरेको छैन भने बाँकी प्रक्रिया सरकारले पुष्टि गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले नेपाल सरकारको नीति अनुसार क्रसर व्यवसयायीहरुले अनुमति लिएर वित्तीय संस्थाहरुको ऋणमार्फत उद्योग सञ्चालन आएको बताउनु भयो। उहाँले धेरै लगानी गरेर पनि मुलुकको कानूनसम्मत रुपमा सञ्चालनमा रहेका उद्योगहरुको नविकरण तत्काल गर्नुपर्ने बताउनु भयो। उहाँले नविकरण नहुँदा धेरै कुराहरु बैंकमा खाता समेत खोल्न समेत नपाएको बताउनु भयो। उहाँले क्रसर उद्योगहरुको लागि सरकारले ल्याएको मापदण्ड मुलुकलाई अपराध गर्ने समूहले ल्याएको दाबी गर्नुभयो। उहाँले क्रसर व्यवसायीहरु माथि सरकारले लगाएको मापदण्डले व्यवसायीहरुको धरासायी बन्ने अवस्था रहेको बताउनु भयो।

महासंघले क्रसर व्यवसायीहरु जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयहरुमा कर,दस्तुर, शुल्क लगायत राजश्व रकम बुझाउन जाँदा पत्रमा नविकरणका भाषा स्पष्ट नभएको कारण भन्दै रकम बुझ्न नमानेको र उद्योगहरु नविकरण समेत नभएको बताएको छ । व्यवसायीहरुले माघमा मन्त्री परिषद्ले गरेको निर्णयमा स्पष्ट क्रसर उद्योगहरु निरन्तर नविकरण गर्न लिखित निर्देशन आएको जनाएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);