राजनीति सहजै सफा हुन नसक्ने स्थिति देखियो : राज्यमन्त्री सिर्पाली | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

राजनीति सहजै सफा हुन नसक्ने स्थिति देखियो : राज्यमन्त्री सिर्पाली

काठमाडौं, २५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेच बनाएर समाज निर्माण हुन नसक्ने बताउनुभएको छ ।

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले असार १८ गते दिएको अभिव्यक्तिलाई दुई दिनपछि सञ्चारमाध्यममा ल्याउने र राजनीतिक दाउपेच बनाउने काम भएको आरोप लगाउनु भयो । उहाँले अहिले कतै न कतै नेपालको राजनीति कलंकित बनिरहेको बताउनु भयो । उहाँले राजनीतिलाई सफा र पारदर्शी बनाउनका लागि सहमति जुट्न नसकेको बताउनु भयो । उहाँले सुन्दर समाजको परिकल्पना गरेर अघि बढ्दा ठूला बाधा अड्चन आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कहीँ न कहीँ राजनीति कलंकित हुँदैछ, आज कहीँ न कहीँ राजनीतिलाई सफा र पारदर्शी बनाउँ, भन्दा आज सहमति जुट्न सकेको छैन । हामीले राजनीतिलाई कतै न कतै दाउपेच र लेनदेनको खेल पनि बनाएका छौँ । समाजमा बडो दुखद् परिदृश्यहरु आइपरेका छन् । आज हामी सुन्दर समाजको परिकल्पना गरेर अघि बढ्दा ठूला बाधा अड्चन आएका छन् । राजनीति सहजै सफा हुन सक्दैन भन्नेकुरा देखिएको छ । १८ गते बोलेको कुरालाई दुई दिनपछि मिडियामा ल्याउने,अनि त्यसलाई हामीले राजनीतिमा एउटा दाउपेचको कुरा गर्दा स्वच्छ समाज निर्माण गर्न सक्यौँ की सकेनौँ  ?  पुष्पलालले परिकल्पना गरेको समाज निर्माण गर्न साँच्चै सक्छौँ की सक्दैनौँ  ? भन्ने कुराको चुनौति आइपरेको छ ।’

मन्त्री ठकुरीले राजनीति सहजै सफा हुन नसक्ने स्थिति देखिएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);