१५ वर्षीया किशोरीलाई  जबरजस्ती करणी  | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

१५ वर्षीया किशोरीलाई  जबरजस्ती करणी 

झापा,२५ असार ।  जबरजस्ती करणी गरेको अभियोगमा  एक पुरुष पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–१ संग्रौला टोल बस्ने ३३ वर्षीय चन्द्र बहादुर रोक्कालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरीलाई पैसाको लोभ देखाई सोही गाउँपालिका–४ चिलिमगढीस्थित नव ज्योति सामुदायिक वन क्षेत्रमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);