एसईईको ग्रेडवृद्धि परीक्षा साउनमा हुने | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८२, आइतबार

एसईईको ग्रेडवृद्धि परीक्षा साउनमा हुने

exam

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शनिबार सूचना जारी गर्दै साउन २६ र २७ गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिएको हो । बोर्ड अनुसार अन्तिम ग्रेड ‘सी’ वा ‘सी’ भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । त्यस्तै बढीमा दुई विषयसम्म अनुपस्थित भएका विद्यार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

विद्यार्थीले ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय इकाईमा पेस गर्नुपर्ने छ परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् । एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ । यसैगरी, एसईई परीक्षामा आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहने परीक्षार्थीले साउन ५ गतेसम्म निवेदन दिनुपर्ने पनि बोर्डले जनाएको छ । गत चैत १७ गतेदेखि भएकोे एसईईको नतिजा असार २१ गते सार्वजनिक गरिएको हो । नतिजामा २२ हजार ४७५ विद्यार्थीले ए प्लस ग्रेड ल्याएका छन् ।

Leave a Reply