खराब मौसमले अमरनाथ यात्रा रोकियो, बद्रीनाथ राजमार्ग बन्द, २ सय जना फसे | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

खराब मौसमले अमरनाथ यात्रा रोकियो, बद्रीनाथ राजमार्ग बन्द, २ सय जना फसे

एजेन्सी, २२ असार । आगामी २४ घण्टामा बिहार र तेलंगाना बाहेक देशका सबै राज्यमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले चेतावनी दिएको छ । जम्मु कश्मीरमा भारी वर्षा र खराब मौसमका कारण अमरनाथ यात्रा स्थगित गरिएको छ । उत्तराखण्डको चमोलीमा पहाडबाट ढुंगा खसेपछि बद्रीनाथ राजमार्ग पनि बन्द भएको छ । यो राजमार्ग विगत १० दिनमा चौथो पटक अवरुद्ध भएको हो ।

उत्तराखण्डको धार्चुलामा शुक्रबार आएको बादलले पुल बगाएको छ । चल गाउँमा २ सय जना फसे का छन् । उद्धार गर्न गएको एसडीआरएफ टोली पनि फसेको छ । बिहीबार मध्यप्रदेशको उत्तर प्रदेशमा चट्याङ लागेर १३ जनाको मृत्यु भएको छ ।
केरलाका धेरै जिल्लामा लगातार वर्षा भइरहेको छ । कन्नूर र कासारगोडमा रेड अलर्ट जारी गरिएको छ। अलाप्पुझाका तल्लो क्षेत्रहरु डुबानमा परेका छन् । यहाँ सडकमा डुङ्गा चलाउनु परेको थियो । एक हजारभन्दा बढीलाई राहत शिविरमा सारिएको छ ।

जम्मू कश्मीरमा खराब मौसमका कारण अमरनाथ यात्रा पहलगाम र बालटाल दुवै मार्गमा स्थगित गरिएको छ। तीर्थयात्रीहरूलाई बालटाल र नुनवान आधार शिविरमा रोकिएको छन् । मौसममा सुधार आएसँगै यात्रा सुचारु हुने अधिकारीहरुले बताएका छन् । अहिलेसम्म ८० हजारभन्दा बढीले अमरनाथको दर्शन गरिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);