५ महिनामै राजनीतिबाट अलग भइन् एलिजा गौतम | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

५ महिनामै राजनीतिबाट अलग भइन् एलिजा गौतम

काठमाडौं, २१ असार । नायिका,मोडेल तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले राजनीति त्यागेको घोषणा गरेकी छिन् । पाँच महिना अघि रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्तिमा प्रवेश गरेकी गौतमले एकाएक सक्रिय राजनीतिबाट सन्यास लिएको सामाजिक सञ्जालमार्फत घोषणा गरेकी हुन् ।

गौतमले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेर वृक्षारोपण गरेको र १० वटा सावेल समेत उपहारस्वरुप दिएको उल्लेख गरेकी छिन् । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि साम्पाङ प्रेरणाको स्रोत भएको उनको भनाइ छ ।

दलको सक्रिय राजनीति गर्नेहरुलाई उनले एकचोटी धरान पुगेर मेयर हर्कको काम हेर्न समेत सुझाएकी छिन् । सामाजिक कामको सिलसिलामा धरान पुगेको उल्लेख गर्दै गौतमले आगामी दिन समाजसेवामा नै सक्रिय रहने बताएकी छिन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);