एलिजाको मन्त्री बन्ने चाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एलिजाको मन्त्री बन्ने चाल

काठमाडौं । कलाकार एलिजा गौतम मन्त्री बन्ने महत्वाकांक्षाका साथ नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी छन् । उनले आजै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग पार्टीको सदस्यता लिएकी हुन् ।

नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने बारे छलफलमा रहँदा गौतम पार्टी प्रवेश गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उन्मुक्ति पार्टीको उद्देश्य एकदमै राम्रो लागेकाले आफू सो पार्टीमा प्रवेश गरेको बताएकी छन् ।

गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज ढंगले अघि बढाउन पनि सो पार्टीमा आफू आवद्ध हुन पुगेको बताएकी छन् ।

गौतम मन्त्री बन्ने लोभमा पार्टी प्रवेश गरेको टिप्पणी हुन थालेको छ ।  गौतम पछिल्लो समय सक्रिय हुन थालेकी छन् । तस्विरः अनुप भट्टराई

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);