नासु प्रेमिका र अधिवक्ता अमिरबीचको घटनालाई लिएर अदालतमा आन्दोलन | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

नासु प्रेमिका र अधिवक्ता अमिरबीचको घटनालाई लिएर अदालतमा आन्दोलन

काठमाडौं । कानून व्यवसायीहरुले जिल्ला अदालत ललितपुरमा बिरोध प्रदर्शन गरेका छन् ।

जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबीचको विवादपछि भएको हात हालाहालको घटनालाई लिएर कानुन व्यवसायी आन्दोलन गरेका हुन् ।

असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरुले आन्दोलनस्वरुप आईतवार तीन घण्टा काम नगरी बिरोध जनाएका थिए ।

आईतवार नै नेपाल बार एशोसिएशनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमवार बहस पैरवी नगर्ने घोषणा गरेको थियो । सोही अनुसार आज उनीहरुले आन्दोलन गरेका हुन् । बिरोध प्रदर्शनका क्रममा बोल्दै कानून व्यवसायी भोजराज अधिकारीले अधिवक्ता लामिछाने बिरुद्ध लगाइएको मुदद झुटो भएकाले मुद्दा अविलम्व खारेज हुनुपर्ने माग राख्नुभयो । उहाँले अदालतभित्रको मुद्ुदालाई समाधान गर्न नसक्ने अदालतका मुख्य न्यायाधीशहरुको तत्काल सरुवा हुनुपर्ने बताउनु भयो ।

आन्दोलनका क्रममा बोल्दै अर्का कानून व्यवसायी सीताराम केसीले अमिर लामिछानेलाई एउटा मुद्दामा फसाइएको भन्दै यो मुद्दा सम्पूर्ण कानून व्यवसायीमाथि लागेको मुद्दा रहेको बताउनु भयो । उहाँले सिसिटिभी फुटेज कसरी छैन भन्ने बारेमा तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्ने बताउनु भयो ।

त्यस्तै अर्का कानून व्यवसायी सुनिल पोखरेलले यो मुद्दा कानून व्यवसायी र कर्मचारीबीचको झगडा नभइ संस्थागत रुपमा कानून व्यवसायीलाई डिफेम गर्नका लागि सांगठनिक रुपमा लागेको देखिएको बताउनु भयो ।

उहाँले कानून व्यवसायीलाई बदनाम गरेर न्यायालय र कर्मचारी माथि पुग्न नसक्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);