राष्ट्रिय सभाको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

राष्ट्रिय सभाको बैठक आज

काठमाडौं, १८ असार । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजेर १ मिनेटमा शुरु हुनेछ ।

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, विनियोजन विधेयक २०८० का विभिन्न शीर्षकहरुमध्ये वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल हुने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोकुमार राईले विधायन
व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वाविद्यालय विधेयक, २०७९ मँथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, नेपाल विश्वविद्यालय विधेयक,२०७९ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

Leave a Reply