नवलपरासी, २५ पुष । नवलपरासीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
नवलपरासीको रामग्राम नगरपालिका–१२ जमुवाडमा ट्रक र माईक्रोबस ठोक्किदा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रामग्राम नगरपालिका २ परासीका अरविन्द ठाकुर र रामग्राम ५ का जितेन्द्र कुमार पाण्डे रहेका छन् ।
दुर्घटानमा ६ जना घाईत्ते भएका छन् । घाईते मध्ये ५ जनाको भुमहीको एक सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । १ जनालाई थप उपचारका लागि रुपन्देहिको क्रिम्सन अस्पताल मणिग्राममा लगिएको प्रहरीले जनाएको छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको अनुमान छ ।




