काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपतिले गरेको नागरिकता विधेयक सम्बन्धी मुद्दामा प्रमाणीकरणको प्रतिलिपि मागेको छ।
सर्वोच्चका न्यायाधीशद्वय प्रकशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कागजात मागेको हो ।
सर्वोच्चले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्ने निर्णयको प्रमाणित प्रतिलिपि पनि मागेको छ। राष्ट्रपति पौडेलले जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए।




