खम्म खत्री २ बैसाख अछाम ।
अछामको बुढिगंगा नदिमा ४७ किलोको माछा शनिवार विहान जालमा परेको छ । माछा कैलाश खोला र बुढिगंगा नदिको दोभान छित्रेमा बल्छीमा परेको हो । उक्त माछा सोकटका स्थानिय यूवाहरुले छाताको सरियाको बल्छी वनाई मार्न सफल भएका हुन । माछा गहुत जातको रहेको र ४७ किलोको माछा विक्रिको लागि सदरमुकाम मंगलसेनमा पुर्याए पछी माछा किन्नको लागि तछाड मछाड भएको थियो । केहि वर्ष पहिले पनि सोहि गाउका यूवाहरुले बुढिगंगा नदिमै ६० किलो र २६ किलोको माछा मारेका थिए ।