काठमाडौं । रेशम चौधरीलाई माफी दिने फाइल राष्ट्रपति कार्यालयबाट फिर्ता गएको छ ।
सरकारले चौधरीलाई माफी दिन सिफारिस मंगलबार राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तर, नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहोराले चौधरीलाई माफी दिन नहुने भन्दै राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन् ।