सुन की पित्तल भन्ने बारे छानबिन गर्न संसदीय छानबिन समिति बनाउन सांसद शाहीको माग (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सुन की पित्तल भन्ने बारे छानबिन गर्न संसदीय छानबिन समिति बनाउन सांसद शाहीको माग (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्नुभयो ।

शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले आजै छानबिन समिति गठन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘त्यो सुन हो कि पित्तल हो भन्नेकुरा सरकारले छानबिन समिति गठन गर्नुपर्छ । र सरकारले आजै जवाफ दिनुपर्छ । हाम्रो धारणा के हो भने समिति गठन हुनुप¥यो । यो विषयवस्तु टुंगिएको छैन, यो विषयवस्तु तबमात्र टुंगिन्छ वास्तवमा सुन हो कि पित्तल हो त्यो सरकारले जवाफ दिनुपर्छ । समिति गठन गरेर हुन्छ कि संवैधानिक आयोग गठन गरेर हुन्छ कि ? अख्तियारलाई सक्रिय गराएर हुन्छ कि ? धार्मिक आस्था माथिको प्रहार पनि हो । सरकारले भोलि छानबिन गरौँला भनेर हामी मान्दैनौँ । प्रधानमन्त्रीले आज नै छानबिन गर्नुपर्छ ।’

उहाँले पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा संसदमा प्रश्न उठाएर धार्मिक आस्था माथि प्रहार भएको पनि बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);