ओलीले पार्टीका नेताहरुलाई भने– राजनीति अफ्ठ्यारो मोडमा छ, सर्तक भएर काम गर्नुहोला | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८१, सोमबार

ओलीले पार्टीका नेताहरुलाई भने– राजनीति अफ्ठ्यारो मोडमा छ, सर्तक भएर काम गर्नुहोला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको टिप्पणी गर्नु भएको छ ।

अध्यक्ष ओलीले अहिलेको सरकारको कुरा गरेर आफूले समय खर्च गर्न नचाहेको पनि बताउनु भयो । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले जनसंगठनहरुको पदाधिकारी बेलामा बोल्दै उहाँले सरकारले विदेशीसँग एउटा कुरा र संसदमा अर्कै कुरा गर्ने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले मुलुकको आर्थिक अवस्था क्षतविक्षत अवस्थामा पुगेको र राजनीति अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सर्तक भएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । पार्लियामेन्टमा पोशाक लगाएर आऊ भन्दा त्यसको विरोध र अवज्ञा गर्नुलाई बहादुरी ठान्ने अवस्था आउनु राम्रो नभएको ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले हुँडारको बथानले जसरी आक्रमण गर्दा पनि पार्टीलाई जोगाएर अघि बढाउन सकिएको दावी समेत गर्नु भयो । पार्टी चल्न नदिने, पार्टीमा गति आउन नदिने, पार्टी नीतिप्रति, पार्टी नेतृत्वप्रति अनास्था जगाउने, निष्ठा ध्वस्त पार्ने, आस्था भंग गरिदिने, अन्तरध्वंस मच्चाउने नराम्रा घटना विगत २ वर्षमा भएको उल्लेख गर्दै उहाँले अहिले पार्टीलाई सशक्त ढंगले पुनर्जिवित गर्न सकिएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘यति भयानक हमला, चारै दिशाबाट होइन । यदि कुनै दशै दिशा हुन्छ भने दशै दिशाबाट हामीमाथि तीब्र हमला, हामीलाई सिध्याउने खालको हमला दशै दिशाबाट भएको छ । तलबाट, माथिबाट, वरतिर, परतिरबाट, पूर्व–पश्चिम, उत्तर–दक्षिण, कुनाकुना कतैबाट पनि बाँकि नराखेर चौतर्फी हमला गरिएको छ । हँुँडारका बथानले जस्तो कसैले खुट्टा टोक्छ, कसैले हात टोक्छ । कसैले टाउकोतिर झम्टिन्छ । हीँहीँहीँ कराएको छ, झम्टिएको छ । टोकेको छ । जिउँदै खाएर सिध्याउन खोजेको छ । त्यो बिचित्रको स्थिति हामीले व्यहोर्नु प¥यो । त्यो स्थिति ब्यहोरेर, त्यसप्रतिकूल अवस्थाबाट यी दुई वर्षमा हामीले हाम्रो पार्टीलाई जोगाएका छौं । पार्टीलाई पुनर्जिवित र अझ मजदुतीका साथ, अझ सशक्त ढंगले पार्टीलाई पुनर्जिवित गरेका छौं । जीवन शर्माको गीतजस्तै पिलो निचोरीदैमा वजन घटेको हुँदैन भनेजस्तो पिलो निचोरिएजस्तो मात्रै भएको छ । पिडा घटेको जस्तो मात्रै भएको छ । पार्टी ध्वस्त पार्ने, पार्टी चल्न नदिने, पार्टीमा गति आउन नदिने, पार्टी नीतिप्रति, पार्टीप्रति, पार्टी नेतृत्वप्रति अनास्था जगाउने, निष्ठा ध्वस्त पार्ने, आस्था भंग गरिदिने त्यही काम मात्रै गरेर पार्टी भित्र बस्ने, अन्तरध्वंस मच्चाउने, त्यो अन्तरध्वंस भन्दा नराम्रा घटनाहरु घटे । तर हामीले पार्टीलाई ुसुद्धीकरण गर्ने ठूलो मौका पायौं । अहिले पनि सम्पूर्ण रुपमा सुद्धीकरण भयो भन्दिन म । तर मूलभूत रुपमा सुद्धीकरण भयो । त्यस सुद्धीकरणले पार्टीलाई छोटो समयमा यति मजबुतीका साथ फेरी ल्यायो । एउटै कुरा हो–हामी संसदीय सिटहरुमा अरु भन्दा अलि बढि सिट ल्याउन सक्ने थियौं । अलिक आन्तरिक रुपमा हामीले यी सब चिजहरु मिलाई सकेको भए । तर हामी एकातिर पार्टीको रक्षा गर्नुपर्ने अवस्था, अर्कातिर वर्षौदेखि नभएका महाधिवेशनहरु गर्नुपर्ने अवस्था, अर्कातिर एकता, एकीकरणका नाममा सोहोरसाहर पारेर थुपारिएका कतिपय त मतदाता नामावलीमा उतार गरेर सदस्य हुन भनेर पार्टी कार्यालयमा ल्याएर मिल्काएका बिटाहरुलाई ल्याएर पार्टी कहाँ चल्थ्यो ?’

ओलीले मुलुकको समृद्धि र विकासमा केन्द्रित भएर काम गर्न पनि पार्टी नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);