नीति तथा कार्यक्रमले परिणाम नदिने गोकुल बास्कोटाको दाबी | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

नीति तथा कार्यक्रमले परिणाम नदिने गोकुल बास्कोटाको दाबी

मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ, ९ जेठ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले परिणाम नदिने दाबी गरेका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै बास्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

‘सरकारको नीति तथा कार्यक्रम कांग्रेसको आर्थिक नीति र माओवादीको कथित जनयुद्धको फ्युजनले कन्फ्युजनमा परेको खास प्रकारको, फरक क्षमता भएको व्यक्तिले हात्तीको काम छामेको जस्तो छ’ उनले भने,‘मनचिन्ते झोलीजस्तो, जे खोज्यो त्यही पाउने खासमा केही पनि नभेटिने, न मूर्त, अमूर्त नै अमूर्त भएको दस्ताबेज ल्याउनुभएको छ ।’

अर्थतन्त्रमा देखिएका समस्या, ब्याजदरमा देखिएका समस्या र व्यवस्थापनका क्षेत्रमा देखिएका समस्याहरूको सम्बोधन गर्न नसक्ने उनको भनाइ छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);