अलौकिक उपचारको नाममा ठगी,को हुन् सिमान्त गुरु ? | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

अलौकिक उपचारको नाममा ठगी,को हुन् सिमान्त गुरु ?

काठमाडौं, ९ जेठ ।  अन्धविश्वास र अलौकिक उपचारको नाममा भ्रमको खेती गरेर लाखौं बिरामीको स्वास्थ्यमाथि खेलवाड गरीररहेको सिमान्त गुरुमाथि आरोप लाग्न थालेका छन् ।

उनको खास नाम भरत भट्टराई हो । उनको घर मोरङको पथरी शनिश्चरे हो । केसी राई, लिम्बु, मगर, गुरुङलगायतको १७ भाषा आउने दाबी गर्दै हिड्ने गर्छन् । उनको पेशा नै धेरै अघि देखिको ठगी भएको छिमेकीहरु बताउँछन् । उनी पत्रकारिता गर्दागर्दै २०६३ सालमा कुबेत पुगेका थिए ।

उताबाट फर्किएर उनले फेरी पत्रकारितालाई नै निरन्तरता दिए । भरतले युरोप पठाइदिने भन्दै दर्जनौं युवाहरुबाट रकम पनि असूलेका थिए, रकम उठाएका मध्ये केही युरोप गए भने जान नपाएकाहरुको विचल्ली भएको छिमेकीहरु बताउँछन् ।

सोही क्रममा उनले १ वर्ष जेल जीवन बिताए । उनलाई युरोप जान नपाएका एकजनाले दिएको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका केसीको बुवा, आमा हिडडुल गर्न नसक्ने अवस्थामा रहेको छिमेकीहरुको भनाइ छ । आफ्नै बुवाआमाको उपचार गर्न नसकेकोले लाखौं मानिसको उपचार हेरेरै गर्ने भ्रम फैलाइरहेको उनीहरु बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);