काठमाडौं, २३ पुष । सरकारले आगामी बस्ने मन्त्रीपरिषद बैठकबाट प्रदेश प्रमुख तोक्ने तयारी गरिरहेको छ ।
आज काठमाडौंमा भएको कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले अब बस्ने मन्त्रीपरिषद बैठकले प्रदेश प्रमुख तोक्ने बताएका छन् । उनले प्रशासनिक र कानुनी क्षेत्रमा योगदान दिएका र स्वतन्त्र पहिचान बनाएकालाई प्रदेश प्रमुख बनाउने बताए ।
मन्त्री थापाले प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई दिएकाले सरकारले तोक्न नमिल्ने तर्क गरे । मन्त्रीपरिषदको बैठक भोली बस्ने तयारी छ । मन्त्री थापाले नयाँ सरकार गठन प्रक्रिया फागुन दोस्रो साताबाट सुरु हुने पनि बताए ।




