आजदेखि सम्पदाहरूको दृश्यावलोकन गराउँन नयाँ बस सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

आजदेखि सम्पदाहरूको दृश्यावलोकन गराउँन नयाँ बस सञ्चालनमा

काठमाडौँ,९ जेठ । आजदेखि सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित काठमाडौँ उपत्यकामा नयाँ बस सञ्चालनमा आउने भएको छ । नेपाल पर्यटन बोर्डको व्यवस्थापनमा आजबाट ’सम्पदा बस’ सेवा सञ्चालनमा आउन लागेको हो ।

पर्यटन बोर्डको व्यवस्थापनमा दुई वटा विद्युतीय बसहरूमार्फत काठमाडौँ उपत्यकाका सम्पदा देखाइने र विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूसम्म सम्पदा घुम्ती बस सेवाका रूपमा आजदेखि ‘हफ अन हफ अफ बस’ सञ्चालन हुने जनाइएको छ ।

‘हफ अन हफ अफ बस’ सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछन् । तत्कालका लागि यो सम्पदा बस सेवा निःशुल्क प्रयोगमा ल्याइने छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);