लुम्बिनी र गण्डकीमा वर्षा, कस्तो रहँला आज दिनभरको मौसम ! | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८३, बुधवार

लुम्बिनी र गण्डकीमा वर्षा, कस्तो रहँला आज दिनभरको मौसम !

काठमाडौं, ९ जेठ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग महाशाखाको अनसार अहिले लुम्बिनी, गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

त्यस्तै,लुम्बिनी र गण्डकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको छ । त्यसैगरी, आज राती देशको पहाडी भू–भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।

 

 

Leave a Reply

ताजा समाचार