सरकारको नीति, कार्यक्रममा जनयुद्ध शब्द उल्लेख भएकोप्रति योगेश भट्टराईको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

सरकारको नीति, कार्यक्रममा जनयुद्ध शब्द उल्लेख भएकोप्रति योगेश भट्टराईको आपत्ति

काठमाडौं । नेकपा(एमाले)का सांसद योगेश भट्टराईले सरकारले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा जनयुद्ध शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामै जनयुद्ध शब्दको प्रयोग भएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले नेपालको कुनैपनि सरकारी दस्तावेजहरुमा यो शब्द हालसम्म उल्लेख नभएको भन्दै यसपटक प्रधानमन्त्रीले राष्ट्रपतिको मुखबाट जनयुद्ध शब्द वाचन गराउन लाग्नुभएको बताउनु भयो । उहाँले नेपाली कांग्रेसले जनयुद्ध शब्दलाई स्वीकारेमा नेपाली काँग्रेसको अन्त्य हुने बताउनु भयो ।

भट्टराईले नीति तथा कार्यक्रममा महिला, दलित र पिछडिएका क्षेत्रका वर्ग र समुदायहरुको बारेमा उल्लेख गर्न नसकेको बताउनु भयो । त्यसैगरी पहाड र हिमालका मानिसहरु बसाइसराइ गरिराखेको सन्दर्भमा सोही ठाउँमा मानिसहरुलाई अड्याउनका लागि सरकारले ध्यान नपु¥याएको उहाँले बताउनु भयो ।

सांसद भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु गल्ती नभएको बताउनु भयो । ति विमानस्थलहरुलाई व्यवसायिक प्रतिफल प्राप्त हुनेगरी सञ्चालन गर्न नसक्नु सरकारको असफलता भएको उहाँले बताउनु भयो ।

उहाँले सरकारले भारत सरकारसँग हवाइ सम्झौता अनुसार हवाइ मार्ग प्राप्त गर्नसक्ने कुटनैतिक ल्याकत राख्न नसकेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);