माछापुच्छ्रे बैंक बाट ९ लाख गायब, सांसद तिमल्सिनाले गरे कारवाहीको माग | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

माछापुच्छ्रे बैंक बाट ९ लाख गायब, सांसद तिमल्सिनाले गरे कारवाहीको माग

काठमाडौं, ८ जेठ । प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले रौतहटस्थित चन्द्रनिगाहापुरको माछापुच्छ्रे बैंकमा सर्वसाधारणको ९ लाख रुपैयाँ गायब गरिएको भन्दै दोषिउपर कारबाही गर्न माग गर्नुभयो ।

सोमवारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य तिमल्सिनाले यस्तो माग गर्नुभएको हो ।

उहाँले भन्नुभयो – ‘अत्यन्त बिडम्बनाको घटना छ, रौतहटको चन्द्रनिगाहापुरमा माछापुच्छ्रे बैंकमा एउटा किसानले छोरीको विवाह गर्नलाई वृन्दावन नगरपालिका वडा नं। ३ रामेश्वर यादवले माछापुच्छ्रे बैंकमा १२ लाख रुपैयाँ जम्मा गरियो । जम्मा भएको रेकर्ड मोबाइलमा आयो । झिक्न जाँदा उहाँको ९ लाख रुपैयाँ पैसा छैन । कसले ह्याक गरेर लग्यो । बैंकसम्म सुरक्षित छैन । त्यस्तो अपराधिलाई यथाशिघ्र कानूनी कठघरामा ल्याएर कारबाही गरेर तत्काल त्यो पैसा बैंकले उपलब्ध गराएर दोषिलाई कारबाही गर्न माग गर्न चाहन्छु ।’

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);