मापसे गरी श्रीमतीको हत्या | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

मापसे गरी श्रीमतीको हत्या

काठमाडौं, ३१ वैशाख । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

आफ्नै ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा अटोखा नगरपालिका’८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका ५५ वर्षीय निङमा शेर्पालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूबीच मादक पदार्थ सेवन गरी एकआपसमा झै–झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Leave a Reply

ताजा समाचार