फ्लाइटबाट पोखरा पुगेका अनुपको सुसाइड नोटमा के छ ! | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

काठमाडौं, २६ वैशाख । सोमबार पोखराको वेगनास तालमा मृत फेला परेका अनुप भण्डारीको सुसाइट नोट पनि फेला परेको छ । विराटनगर राजवंशी चोकमा स्थायी बसोबास गर्दै आएका भण्डारी काठमाडौंको परराष्ट्र मन्त्रालयमा नायब सुब्बामा कार्यरत थिए ।

सोमबार बिहान बेगनास तालमा उनको शव पानीमा तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले भण्डारीको झोलाबाट सुसाइड नोट पनि फेला पारेको छ । नोटमा आफूले संसार सबै देखेको र अब हेर्न र देख्न केही बाँकी नरहेकोले देहत्याग गरेको उल्लेख रहेको प्रहरी स्रोतले जनाएको छ ।

उनी पराराष्ट्र मन्त्रालयको राहदानी विभागमा कार्यरत थिए । ३१ वर्षीय भण्डारीको शव सोमबार बिहान फेला परेको हो । उनको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो । तालको डुंगाघाट भन्दा ४/५ सय मिटर पर तालमा शव फेला परेको हो । उनको झोलाबाट पैसा,मोबाइल, औषधी समेत बरामद भएको छ ।

उनी काठमाडौंको काँडाघारीमा अस्थायी रुपमा बसोबास गर्दै आएका थिए । भण्डारी सौर्य एयरको फ्लाइटमा पोखरा पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);