काठमाडौं, २१ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित १० दिने भारत भ्रमणमा जाने भएका छन् । शाह दुई महिनाको बीचमा दोस्रोपटक भारत भ्रमण जान लागेका हुन् ।
करिब डेढ महिनाअघि सिलगुढी हँुदै दार्जिलिङ पुगेका शाह परिवारका सम्पूर्ण सदस्यसहित भोली वैशाख २२ गतेदेखि भारतको लखनउ जाने कार्यक्रम रहेको छ । पछिल्लो समय शाहले देश दौडाहामा सक्रियता बढाइरहेका छन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा, पूजालगायत दुई दर्जन टोली भारत भ्रमणमा निस्कन लागेको निकट स्रोतको भनाइ छ ।
गत फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले मौन नबस्ने संकेत गरेका गर्दै सडक र सदनबाट हिन्दुराज्य र राजतन्त्रको मुद्दामा दलहरूलाई सहकार्यका निम्ति आह्वान गरेका थिए ।