काठमाडौं, १७ वैशाख । सरकारलाई दिएको समर्थनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक भोलि बस्दैछ । गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनपछि पार्टीले पहिलो पटक बैठक बोलाएको हो ।
उपनिर्वाचनमा चितवन २ बाट रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका हुन् । भोलि ३ बजे बोलाइएको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने र दलको नेता चयनका विषयमा छलफल हुने जनाइएको छ ।
रास्वपा संसदीय दलको नेता डोलनाथ अर्यालले शनिबार पदबाट राजीनामा दिएका थिए ।