काठमाडौं । एसीसी प्रिमियर कपको उट्घाटन खेलमा भोली मंगलबार नेपालले मलेसियासँग खेल्दैछ ।
नेपाल मलेसियाबीचमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) तथा एसीसीका प्रतियोगिताहरुमा धेरै पटक भेट भएको छ ।
नेपाल र मलेसियाबीचको पछिल्लो पाँच भेटमा नेपाल हावी देखिएको छ ।
नेपाल र मलेसियाबीचको खेल टियु मैदान कीर्तिपुरमा बिहान साढे नौ बजेबाट सुरु हुनेछ । प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुनेछ ।