श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरौं : राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरौं : राष्ट्रपति

काठमाडौं, १ बैशाख । नयाँ वर्ष २०८० सालको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्पुर्ण देशवासीलाई शुुभकामना दिएका छन् । उनले सबल र समुन्नत नेपाल निर्माणमा कटिबद्ध रहन सबै नेपालीलाई आह्वान गरेका छन् । व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने राष्ट्रपतिद्धारा जारी सन्देशमा उल्लेख छ ।

‘चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रही विधिको ख्याल राखी यसको सीमा भित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार र अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा अमनचैन राख्न राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव तथा नेपाली–नेपालीबीच अपनत्व र भ्रातृत्व बढाउन तथा मुलुकको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न थप मद्दत पु¥याउन सक्नेछ ।’ शुभकामना सन्देशमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);