विश्व हिन्दु महासंघको अध्यक्षमा पुनः अधिकारी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ९ २०८१, शुक्रबार

विश्व हिन्दु महासंघको अध्यक्षमा पुनः अधिकारी

काठमाडौं, २३ चैत्र । विश्व हिन्दु महासंघ नेपालको अध्यक्षमा पुनः डा.रामचन्द्र अधिकारी निर्वाचित हुनु भएको छ । महासंघको बुधबार बुटवलमा सम्पन्न आठौं महाधिवेशनले पुनः अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको सहअध्यक्षमा शंकर खराल निर्वाचित हुनु भएको छ । उपाध्यक्ष पदमा यज्ञप्रसाद ओली (कोशी), ज्योत्सना साउद (मधेश), दिनेशकुमार सिंजापति (उपत्यका), प्रविण घिमिरे (वागमती), पार्वता पौडेल, मुक्तिराम अधिकारी (गण्डकी), वेनबहादुर पौडेल क्षेत्री (लुम्बिनी), ऋषिकेशजंग शाह (कर्णाली) र राजप्रसाद जोशी (सुदुरपश्चिम) निर्वाचित हुनु भएको छ ।

त्यस्तै महासचिव पदमा रामचन्द्र तिवारी निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा गिरिराज पाठक,सहकोषाध्यक्ष अरुणकुमार श्रेष्ठ र सीता घिमिरे, सचिव पदमा पुनाराम पोखरेल, प्रेमप्रकाश खड्का, नेत्रनाथ पौडेल र राधा गिरी पण्डित त्यस्तै कार्यसमिति सदस्य पदमा ७१ जना सर्वसम्मत महाधिवेशनबाट निर्वाचित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);