काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा कारण देखाउ आदेश जारी भएको छ ।
बुधबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा उक्त रिटको सुनुवाइ भएको हो । सुनुवाइपछि इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
अधिवक्ता युवराज पौडेल (सफल) ले दायर गरेको रिटमा भएको सुनुवाइमा निवेदक पक्षका अधिवक्ताहरूले उक्त प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय खारेज हुनुपर्ने जिकिर गरेका थिए ।
रिटमा महान्यायाधिवक्ताको निर्णयविरुद्ध अन्तरिम आदेशको पनि माग गरे पनि अदालतले अन्तरिम आदेश भने दिएको छैन् ।




