पूर्वराजा ज्ञानेन्द्रलाई नेपालको चेतावनीः व्यवस्था उल्टाउने दुस्साहस नगरे हुन्छ | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

पूर्वराजा ज्ञानेन्द्रलाई नेपालको चेतावनीः व्यवस्था उल्टाउने दुस्साहस नगरे हुन्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनताले रगत पसिना बगाएर बनाएको व्यवस्था उल्टाउने दुस्साहस नगर्न चेतावनी दिएका छन् । उनले पूर्वराजा शाहको गतिविधिलाई आँखा चिम्लिएर नबसेको समेत बताए ।

आज राजधानीमा सम्पादकहरुसँगको अन्तक्रियामा नेता नेपालले भने, जनताले रगत पसिना बगाएर बनाएको व्यवस्था उल्टाउन दुस्साहस नगरे हुन्छ । उनले आफूहरुले मेची किनारबाट उद्घोष गर्ने, प्रमुख अतिथि बनाउने र बन्ने, वक्तव्यवाजी गर्ने गतिविधिलाई गम्भीरतापूर्वक लिएको समेत बताए ।

गणतन्त्र विरुद्ध आवाज उठाउन खोजिएको भन्दै त्यस्ता गतिविधिलाई प्रतिगामी संज्ञा दिए । नेपाल नेपालले घुमाउरो पाराले पूर्वराजाको गतिविधिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भूमिकातर्फ पनि संकेत गरे ।

नेता नेपालले आफूहरु कम्युनिष्ट शक्तिलाई एकतावद्ध बनाउन सक्रिय रहेको समेत बताउ । उनले तीन चरणमा त्यस्तो एकता हुने बताए । पहिलो चरणमा सहकार्य गर्ने, दोस्रोमा मोर्चाबन्दी गर्ने र तेस्रोमा एकता बनाउने उनको भनाई थियो । तर, उनले आफ्नो पार्टी कसैसँग विलय नहुने स्पष्ट पारे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);