चुनाव राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड : डा.भट्टराई | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

चुनाव राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड : डा.भट्टराई

काठमाडौं, २० चैत्र । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतन्त्रमा केही नेताहरुलाई चुनाव जसरी पनि सत्तामा पुर्याउने भ¥याङ भएको टिप्पणी गरेका छन् । लोकतन्त्र जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि हो भन्दै डा.भट्टराईले केही अमुक पार्टीलाई चुनाव राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड नभएको स्पष्ट पार्दै यसलाई रोक्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेखेका छन्,‘चुनाव केही बर्ष/महिनामा अमूक पार्टी/नेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन!यो जनताद्वारा जनताकोनिम्ति जनताको सार्वभौमसत्ताको अभ्यासगर्ने पवित्र विधि/अवसर हो।हाम्रो लोकतन्त्रमा चुनाव/उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्यांग बन्दैछ!रोकौं!’

भट्टराइको यो कटाक्ष रास्वपाका अध्यक्ष रवि लामिछानेलाई गरेको अनुमान गरिएको छ । नागरिकता विवाद मुद्दाले सांसद पद खारेज पछि गृहमन्त्री पद गुमाएका लामिछानेले आज चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

आज विभिन्न कारणले रिक्त रहेका ३ स्थानमा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);