जसपाले षडयन्त्र रचेको हो, जनमत त्यो षड्यन्त्र तोडनका लागि हो : सिके राउत | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

जसपाले षडयन्त्र रचेको हो, जनमत त्यो षड्यन्त्र तोडनका लागि हो : सिके राउत

काठमाडौं, १५ चैत्र । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले नछोड्ने स्पष्ट पार्नु भएको छ । बुधबार माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहलाई पार्टीमा प्रवेश गराउनका लागि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

अध्यक्ष राउतले आफ्नो पार्टीले कुशवाहलाई उम्मेदवार बनाउने र उहाँको जित हुने प्रवल सम्भावना रहेको पनि बताउनु भयो । उहाँले मधेश प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिने सहमती सत्तारुढ गठबन्धनमा भएको उल्लेख गर्दै त्यसलाई बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनसँग जोडेर नहेर्न पनि पटकपटक आग्रह गर्नु भयो । अध्यक्ष राउतले बैकल्पिक नयाँ राजनीतिक दलहरुलाई आफ्नो पार्टीको पक्षमा मतदान गरी बारा क्षेत्र नम्बर २ बाट कुशवाहलाई जिताउन पनि आग्रह गर्नु भयो । ठूला पार्टीहरु पदका लागि मिल्ने गरेकाले नयाँ राजनीतिक शक्तिहरुले पनि मिलेर सो चुनावमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने उहाँको भनाई थियो । अध्यक्ष राउतले भन्नु भयो, ‘वैकल्पिक सबै राजनीतिक पार्टीहरुले के बुझ्नु पर्छ भने सत्यको पक्षमा उभिने हो । यदि हामीहरु यसरी नै विभाजित भईरहने हो भने माथिका ठूलो दलहरुले के गरिरहेका छन । तपाईहरुले बुझनै भएकै छ । उनीहरुको सिद्धान्त नमिले पनि पदकै लागि उहाँहरु जहिले पनि मिल्नु हुन्छ । तर बैकल्पिक राजनीतिक शक्तिहरुले चाँही किन सकिरहेका छैनन ? त्यो सोच्नु पर्छ । हामी जति पनि बैकल्पिक नयाँ राजनीतिक शक्तिहरु छौं । तिनीहरु मिलेर अव शिवचन्द्र कुशवाहजीलाई पछिल्लो निर्वाचनमा पनि उहाँले साँढे ३ सय झिनो मतले पराजित हुनु भएको थियो । उहाँले जित्ने प्रवल सम्भावना भएकाले त्यसमा अन्यथा भोट काटने काम नगरौं । यसरी हामी आफैं लडदै गयौ भने त ती पुराना शक्तिहरुले नै जित्छन । अत्याचार गरिराख्छन । त्यही भएर मेरो अनुरोध छ–बैकल्पिक शक्तिहरु, नँया शक्तिहरु जति पनि छन । उहाँहरुले जनमत पार्टीका साझा उम्मेदवारलाई नै समर्थन गर्नुहोस् । सत्यलाई विजयी गराउन लाग्नुहोस भनेर अनरोध पनि गर्न चाहन्छु । त्यहाँ यात जनमत पार्टी वा जनता समाववादी पार्टीको चर्चा छ । त्यहाँ जसपाले षडयन्त्र रचेको हो । जनमत त्यो षडयन्त्र तोडनका लागि हो । त्यहाँ सत्य र असत्यको दुईटा पक्ष मात्रै छ । अहिले पनि भएको सम्झौता अनुसार जनमत पार्टीलाई मधेश प्रदेशको मुख्यमन्त्री दिनु भनेको हो । त्यसलाई हामी बारा २ सँग जोडन पनि चाहन्नौं ।’

अध्यक्ष राउतले सत्यको पक्षमा लाग्न पनि बारा २ को उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको जिकीर समेत गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);