प्रधानमन्त्री दाहालको सक्रियता, आज मोर्चासँग सहमति गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

प्रधानमन्त्री दाहालको सक्रियता, आज मोर्चासँग सहमति गर्ने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा संविधान संशोधन प्रस्तावबारेको छलफललाई तिब्रता, आज मधेसी मोर्चाका नेताहरुसँग निर्णायक वार्ताको तयारी

प्रधानमन्त्री दाहालको सक्रियता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयासलाई तिब्रता दिनुभएको छ । 

प्रधानमन्त्री दाहालले आज दिउँसो पनि मोर्चाका शीर्ष नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ । आजको छलफलमा मधेसी मोचाृका शीर्ष नेताहरुसँगै कांग्रेसका शीर्ष नेताहरुलाई पनि आमन्त्रण गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा कार्यदल स्तरमा तयार पारिएको मस्यौदा पेश गरिने छ । कार्यदल स्तरीय समितिले बनाएको मस्यौदाता तीन वटा विषयमा संविधान संशोधन गर्ने र सिमांकनको विवाद शक्तिशाली आयोग मार्फत् समाधान गर्ने उल्लेख गरिएको छ ।

यो प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि सकारात्मक देखिएको छ । प्रधानमन्त्री दाहालले बिहीबार पनि मोर्चाका नेताहरुसँग वार्ता गनुृभएको थियो ।

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग वार्ता गर्नुभएको थियो । वार्ताका क्रममा ठाकुरले सहमतिका लागि आफुहरु तयार रहेको तर, सरकारले ठोस कार्ययोजना ल्याउनुपर्ने बताउनुभएको थियो ।

 

Leave a Reply