काठमाडौं, २३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको छ । राप्रपाले निर्वाचनबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक भोलि १ बजे बोलाएको हो ।
बैठक पार्टी कार्यालयमा बस्दैछ । बैठकमा राष्ट्रपति निर्वाचन, विकसित राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । तर राप्रपाले नौ दलीय गठबन्धनको साझा उम्मेदवार रामचन्द्र पौडेल र एमालको सुवासचन्द्र नेम्वाङमध्ये कसलाई समर्थन गर्ने अझैसम्म निर्णय गरेको छैन् ।