प्रचण्डले चीनमाथि गद्दारी गरेको आरोपमा सरकार बोल्यो | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

प्रचण्डले चीनमाथि गद्दारी गरेको आरोपमा सरकार बोल्यो

काठमाडौं, २१ फागुन । सरकारले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा भारतको प्रस्तावमा विश्वविद्यालय स्थापना गर्ने निर्णय नगरेको स्पष्ट पारेको छ । आज आइतबार सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसबारे पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको बताएकी छिन् ।

मन्त्री शर्माले विज्ञप्तिमा भनेकी छिन्ः नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं ।

सरकारले बागागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दुतावासमा पत्र लेखेको भन्नेबारे अध्ययन र आवश्यक छानविन गरी सत्य तथ्य सार्वजनिक गर्ने जनाएको छ ।

शनिबार पूर्वप्रधानमन्त्री ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्न लागेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको टिप्पणी गरेका थिए । यसबारे सरकार आज आइतबार बोलेको छ ।

बागागुङ मुक्ति क्षेत्र गाउँपालिकाले पनि विज्ञप्ति जारी गरी आफ्नो गाउँपालिकाको कलेज खोल्ने भनेको फ्ल्याक गाउँको उक्त क्षेत्र निषेधित क्षेत्रभित्र नपर्ने जिकिर गरेको थियो । मुस्ताङ शाक्य बुद्धिष्ट एशोशिएसनले २० फागुनमा विज्ञप्ति जारी गरी उक्त क्षेत्रमा विश्वविद्यालय आवश्यक रहेकोले एउटा बौद्ध कलेज आवश्यकता महशुश गरी पत्राचार गरी सहयोगका लागि अनुरोध गरिएको उल्लेख गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);