काठमाडौं । कलाकार दिपकराज गिरीले चलचित्र २.० छड्केलाई शुभकामना दिएका छन् ।
भोलीदेखि लाग्न लागेको चलचित्र २.० छड्केलाई दिपकले सामाजिक सञ्जाल मार्फत शुभकामना दिएका हुन् ।
शुक्रबारबाट छक्का पन्जा ४ पनि प्रदर्शनमा आउँदै छ । यसै प्रसंगमा दिपकले फेसबुकमा स्ट्याटस लेख्दै अब आफ्नो हातमा केहि नरहेको भन्दै दर्शकहरू कै हातमा रहेको भनेका छन् ।
साथै, उनले किन जुधेको भन्ने प्रश्न आइरहेको भन्दै त्यसको जवाफ समेत दिएका छन् । ‘भोलि देखि २.० छड्के र छक्का पन्जा ४ प्रदर्शन हूदैछ । धेरैले किन जुधेको भनेर पनि सोधे । यो सॉढे होइन जुध्न लाइ, यो फुटवल खेल पनि होइन एउटा टिम हार्ने र अर्को जित्ने‘ यँहा दूबै टिमले जित्न सक्छ ! प्यारो अनमोल भतिज लगायत सम्पूर्ण छड्के टिमलाइ शुभकामना! जय नेपाली चलचित्र,’ उनले भनेका छन् ।