काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार कतार जाने भएका छन् । अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन दाहाल कतार जान लागेका हुन् ।
प्रचण्ड शुक्रबार कतारको दोहामा हुने सम्मलेनमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रचण्डले सम्मेलनमा सहभागी भएर नेपालको कुरा राख्नेछन् । सो सम्मेलनमा पराराष्ट्रमन्त्री विमला राई पौड्यालसमेत सहभागी हुनेछिन् ।
४ दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री दाहाल फागुन २२ गतेस्वदेश फर्कनु हुनेछ । प्रधानमन्त्री दाहालसँग परराष्ट्र मन्त्रालयका अधिकारी सो सम्मेलनमा सहभागी हुनुहुनेछ ।