काठमाडौं, १० फागुन । राष्ट्रपति चुनावबारे छलफल गर्न नेकपा (एकीकृत समाजवादी) पार्टीले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय आलोकनगरमा दिउँसो १ बजे बोलाइएको हो ।
बैठकमा अध्यक्ष माधन कुमार नेपालले देशमा बढ्दै गइरहेको राजनीतिक घटनाक्रमबारे बिफ्रिङ गर्ने र राष्ट्रपतिको निर्वाचनको विषयमा पार्टीको साझा धारणा बनाउने कार्यसुची रहको छ ।
त्यसैगरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई राष्ट्रपति दिएर पार्टी एकताका लागि गरेको प्रस्तावबारे जानकारी गराउने बताइएको छ ।