अझै घटेन बैंकहरुको ब्याजदर र निक्षेप | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

अझै घटेन बैंकहरुको ब्याजदर र निक्षेप

काठमाडौं, २७ माघ । वाणिज्य बैंकहरुको औसत आधार दर गत २०७८ वर्षको तुलनामा २ प्रतिशत बढीले वृद्धि भएको छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७९ पुसमा १०.९१ प्रतिशत पुगेको छ । २०७८ पुसमा यस्तो दर ८.४२ प्रतिशत रहेको थियो । त्यस्तै, निक्षेपको भारित औसत ब्याजदर पनि वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७९ पुसमा निक्षेपको भारित औसत ब्याजदर ८.५१ प्रतिशत पुगेको छ । २०७८ पुसमा यस्तो ब्याजदर ६.३७ प्रतिशत रहेको थियो । त्यसैगरी, २०७९ पुसमा कर्जाको भारित औसत ब्याजदर १२.७९ प्रतिशत पुगेको छ । २०७८ पुसमा यस्तो ब्याजदर ९.४४ प्रतिशत रहेको थियो। वाणिज्य बैंकहरुको औसत आधार दर बढेको देखिन्छ ।

निक्षेप र कर्जाको भारित औसत वास्तविक ब्याजदर २०७८ पुसको तुलनामा २०७९ पुसमा बढेको छ । २०७९ पुसमा निक्षेपकोभारित औसत वास्तविक ब्याजदर १.२५ प्रतिशत र कर्जाको भारित औसत वास्तविक ब्याजदर ५.५३ प्रतिशत रहेको छ । २०७८ पुसमा निक्षेपको भारित औसत वास्तविक ब्याजदर ०.७२ प्रतिशत र कर्जाको भारित औसत वास्तविक ब्याजदर ३.७९ प्रतिशत रहेको थियो ।

यसैगरी, नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्योग व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न २ करोडसम्मको कर्जालाई पुनसंरचना सुविधा दिने भएको छ । साना तथा मझौला उद्यमीहित हुनेगरी राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो । बैंकले आज चालु आर्थिक वर्षको २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गरेको छ ।

बैंकले अहिले साना र मझौला उद्यमीहरुले २ करोड रुपैयाँसम्मको पुनसंरचना सुविधा दिएको हो । ब्याजदर करिडोर अन्तर्गतका दरहरु अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुुपानत, स्थायी तरलता सुविधासम्बन्धि व्यवस्थालाई भने यथावत राखेको छ । बैंकले उपलब्ध गराउँदै आएको बैंक तथा वित्तिय संस्थालाई ८.५ प्रतिशतको बैंक दरलाई ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलब्ध हुने व्यवस्था गरेको छ । यसले आगामी दिनमा क्रमशः ब्याजदर घट्दै जाने देखिएको छ ।

 

Leave a Reply