काठमाडौँ, २० माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो ३ बजे बोलाइएको हो ।
बिहीबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बारे जानकारी गराएका थिए ।
गृह मन्त्रालय नपाउने भएपछि रास्वपा सरकारसँग चिढिएको छ ।