रसिया: रुसको मुख्य शहर सेन्ट पिटर्सवर्गको एक सुपरमार्केटमा विष्फोट हुँदा १० जना घाइते भएका छन् ।
सुरक्षा अधिकारीहरुका अनुसार पसलभित्र सामान राख्ने ठाउँमा विष्फोट भएको थियो । विष्फोटमा घाइते भएकाहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यो विष्फोट हत्या गर्ने उद्देश्यका साथ गरिएको थियो । विष्फोटमा कसको संलग्नता छ भनेर खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।
यसअघि रुसमा आतंकवादी आक्रमण हुन लागेको पूर्वसूचना अमेरिकी गुप्तचर निकाय सीआईएले दिएको र सम्भावित ठूलो क्षति रोकिएको समाचार सार्वजनिक भएको थियो ।




