अमेरिकी डलरमा दक्षिण कोरिया ले हातहतियार किन्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

अमेरिकी डलरमा दक्षिण कोरिया ले हातहतियार किन्ने

hathatiyar

काठमाडौं,१२ पुस  । दक्षिण कोरियाले अमेरिकासँग अर्बौँ अमेरिकी डलर बराबरका हातहतियार किन्ने भएको छ । उत्तर कोरियाको निरन्तर आणविक मिसाइल परीक्षणबाट उत्पन्न सुरक्षा चुनौतिको मुकाबिला गर्न दक्षिण कोरियाले हतियार किन्न लागेको हो । एसियाली देशहरूको १२ दिने भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनसँगको भेटपछि हातहतियार बिक्रीबारे जानकारी दिएका हुन् । दक्षिण कोरियाले अर्बौं डलर बराबरको हतियार तथा अन्य सामरिक सामग्री खरिद गर्दा व्यापार घाटा घट्नुका साथै महत्वपूर्ण सामरिक सामग्री खरिदले अमेरिकी रोजगारी दर पनि बढ्ने अपेक्षा गरिएको छ । दक्षिण कोरिया र अमेरिकाबीच पहिलेको सम्झौताअनुसार मिसाइलमा ५ सय किलोग्राम विष्फोटक क्षमताको रहेकोमा अब हुने मिसाइल सम्झौतामा यसको साटो आणविक छाता अर्थात न्युक्लियर अम्ब्रेला राख्ने सहमति हुने बताइएको छ ।।