काठमाडौं, १३ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको नागरिकता विवादबारेको सुनुवाइ सकिएको छ ।
आज गृहमन्त्री लामिछाने पक्षका कानुन व्यवसायीहरुको बाँकी बहस गरेका थिए । रिट निवेदकहरुले जवाफी बहस गरेपछि सुनुवाई सकिएको हो ।
आजै अन्तिम फैसला आउने सक्ने आकंलन गरिएको छ ।
चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधानसहित गृहमन्त्रीमा नियुक्त भएका थिए ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो ।
मुद्दाको आदेशबारे न्यायाधीशहरू फैसलाको छलफलमा जुटेका छन् ।