काठमाडौं । हेलिकप्टर दुर्घटनामा परेर युक्रेनका गृहमन्त्री डेनिस मोनास्टिरस्कीको निधन भएको छ ।
युक्रेनको राजधानी कीभमा हेलिकोप्टर खस्दा उपमन्त्री र राज्य सचिवको पनि मृत्यु भएको छ । गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।
हेलिकप्टर एक किन्डर गार्डेनको छेउँमा खसेको थियो । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
माथिबाट खसेको हेलिकप्टर किन्डरगार्डेनमा ठोक्किदा त्यहाँ रहेका केही बालबालिका र कर्मचारको पनि ज्यान गएको बताइएको छ ।
मृत्यु हुनेमा तीन बालबालिका रहेका छन् भने थप १५ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
मन्त्री, डेनिस मोनास्टिरस्की, हेलिकप्टरमा अन्य आठ जनासँग थिए।
दुर्घटनाको समयमा उक्त क्षेत्रमा हुस्सु लागेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।