उपमेयर हरिप्रभा खड्गीको अगुवाइमा रानीपोखरीको गेटमा ताला बन्दी | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

काठमाडौं, ११ पुष ।  रानीपोखरीको पुनर्निर्माणको विषयमा काठमाडौं महानगरपालिकाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीचको चरम विवादका कारण रानीपोखरीको पुनर्निर्माण नै रोकिएको छ । उपमेयर खड्गीले मंगलबार बागबजार क्षेत्रका स्थानीयवासीलाई साथै लिएर रानीपोखरी पुगी काम बन्द गराएका हुन् । उनले कामदारलाई वाहिर निकालेर रानीपोखरीको गेटमा ताला लगाइका छन् ।

उपमेयर खड्गीले मेयर शाक्यले पुरातात्विक महत्वको सम्पदाको अस्तित्व लोप हुने गरी कंक्रिट प्रयोग गरेर पुनर्निर्माणको काम अगाडि बढाएकाले आफूले काम बन्द गराएको बताए । उपमेयर खड्गीले तालाबन्दी गरेर काम ठप्प गराएसँगै रानीपोखरीको पुनर्निर्माण अन्योलमा परेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २३ महिना पहिले राष्ट्रपति विद्यादेवी भण्डारीबाट रानीपोखरीको पुनर्निर्माणको शिलान्यास गराएर पुनर्निर्माण अभियान सुरु गरेको थियो । प्राधिकरणले पुरातत्व विभागले बनाएको डिजाइन अनुसार काम गर्ने गरी पुनर्निर्माणको जिम्मा महानगरपालिकालाई दिएको थियो ।