नेपालमा सिमेन्ट उद्योग स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपालमा सिमेन्ट उद्योग स्थापना

काठमाडौं,११ पुस। नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको चिनियाँ कम्पनी हुवाजिनसँग लगानी बोर्डले आयोजना लगानी सम्झौता ९पीआईएको प्रक्रिया अगाडि बढाएको छ ।

खानी विभागले १२ मंसिरमा हुवाजिनलाई खानी उपलब्ध गराएसँगै बोर्डले लगानी सम्झौताको प्रक्रिया थालेको हो ।

उक्त कम्पनीले लामो समयदेखि अपेक्षाअनुसारको खानी पाउन सकेको थिएन । सोही कारण लगानी सम्झौता रोकिँदै आएको थियो । धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति दिएको छ, विभागले ।

बोर्डका प्रवक्ता उत्तमभक्त वाग्ले भन्छन्, ‘पीआईए गर्न हुवाजिनका अधिकारीसँग छलफल अगाडि बढाएका छौं ।

उक्त कम्पनीले १४ अर्ब ९१४० मिलियन डलर रुपैयाँ लगानीमा सिमेन्ट उद्योग स्थापना गर्दैछ । नारायणी अञ्चलको कुनै जिल्लामा उद्योग स्थापना गर्ने कम्पनीले जनाएको छ ।

बोर्डका अनुसार उद्योगबाट दैनिक तीन हजार टन उत्पादन गर्ने लक्ष्य छ । तीन सय ५० जनाले प्रत्यक्ष र एक हजार जनाले अप्रत्यक्ष रोजगारी पाउने छन् ।

५ पुस ०७२ मै उक्त कम्पनीको वैदेशिक लगानी स्वीकृत भइसकेको छ । तर, उद्योगका लागि खानी नपाउँदा अन्य प्रक्रिया अगाडि बढाएको थिएन ।

उद्योगका लागि आवश्यक जग्गा खरिद गर्न सरकारले स्वीकृति दिइसकेको छ । हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न सरकारले स्वीकृति नदिएका कारण त्यसको प्रक्रिया पनि रोकिएको थियो ।

सरकारले जग्गाको हदबन्दी पनि यसअघि नै फुकाइसकेको छ । बोर्डका अनुसार उद्योगका लागि ३२ हेक्टर जग्गा आवश्यक छ ।

‘हुवाजिन सिमेन्ट नारायणी’ नामक कम्पनी पनि दर्ता भइसकेको छ । शतप्रतिशत विदेशी लगानीमा निर्माण गर्न खोजिएको उक्त आयोजना २० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीमा सञ्चालन गर्ने कम्पनीको योजना छ ।

देश सिमेन्टमा आत्मनिर्भर बन्दै गएको छ । अबको डेढ वर्षभित्रमा नेपाल सिमेन्टमा आत्मनर्भर बनिसक्ने सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);