८ चैत्र, काठमाडौं । सत्ता नेतृत्वकर्ता दल माओवादी केन्द्रले सीमांकन हेरफेरको बिषयलाई थाँती राख्दै संविधान संशोधन विधेयलाई अगाडि वढाउने निर्णय गरेको छ ।
सीमांकन हेरफेर सहितको संविधान संशोधनमा प्रमुख प्रतिपक्षीदल एमालेले अडान नछाडेपछि माओवादी केन्द्रले सहमतिको बिकल्प अघि सारेको हो ।बैठकपछि नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक टेक बहादुर बस्नेतले बैठकमा पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचन र त्यसमा पार्टीले खेल्नु पर्ने भूमिकाका बिषयमा चर्चा गर्नुभएको थियो ।
बैठकमा सातवटै प्रदेशबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले आ–आफ्नो प्रदेशको निर्वाचन अवस्था बारे जानकारी दिदै संसदीयदलको बैठक नियमित बस्न आग्रह गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणबारे पनि छलफल भएको भएको थियो ।
बैठकमा प्रधानमन्त्री दाहालले र चिनियाँराष्ट्रपति सी जिनपिङसंग हुने भेटवार्तामा दुईपक्षीय एजेण्डामा सहमति तथा चिनियाँ कम्युनिष्ट पार्टीसंगको सम्वन्धलाई प्रगाढ बनाउने विषयमा पनि आफ्ना धारणा राख्नु भएको बस्नेतले जानकारी दिनु भयो ।




